कोशी अस्पतालबाट आज एकजना कोरोना उपचार पछि डिस्चार्ज
Published:
by .
विराटनगर । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत एकजना पुरुष संक्रमण मुक्त भएर आज डिस्चार्ज भएका छन् ।
भारतका २५ वर्षीय मोहम्मद अदुबकर सुल्तान अस्पतालबाट कोरोना जितेर डिस्चार्ज भएका छन् । सुल्तानको डिस्चार्जसँगै प्रदेश १ मा कोरोनामाथि विजय प्राप्त गर्नेहरुको संख्या १७ पुगेको छ । यसअघि १६ जना उपचार पूरा गरी अस्पतालबाट डिस्चार्ज भएका थिए ।
आज डिस्चार्ज भएका सुल्तानमा गत वैशाख ५ गते उदयपुरको भुल्केमा संक्रमण देखिएको थियो । उनलाई रानी मरकजको क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोभिड अस्पताल व्यवस्थापन संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिएका छन् ।
अहिले कोशी अस्पतालमा १८ जना उपचाररत छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
प्रदेश १ मा ३५ जनामा कोरोना संक्रमण देखिएको थियो । उदयपुरमा ३२, झापामा २ र भोजपुरमा १ जनामा संक्रमण देखिएको हो ।
Comments