Sajhamanch Archive

कोरोना भाइरसका कारण विश्वभर तीन लाखभन्दा बढीको मृत्यु

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by .

एजेन्सी । विश्वभर कोरोना भाइरसको महामारीका कारण विश्वभर मृत्यु हुनेको संख्या तीन लाखभन्दा बढी भएको छ ।

अहिलेसम्म विश्वभर तीन लाख तीन हजारभन्दा बढीको मृत्यु भएको हो । यसैगरी संक्रमितको संख्या ४५ लाख २५ हजार नाघेको छ । संक्रमित मध्ये १७ लाख मानिस निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी मानिसको मृत्यु भएको अमेरिकामा करिब ८६ हजार बढी व्यक्तिले ज्यान गुमाएका छन् । त्यहाँ संक्रमितको संख्या साढे १४ लाख नाघेको छ ।

अमेरिकापछि धेरै ज्यान गुमाउने बेलायतमा ३३ हजार ६ सय व्यक्तिको मृत्यु भएको छ । बेलायतमा संक्रमितको संख्या दुई लाख ३३ हजारभन्दा बढी छ ।

इटालीमा ३१ हजार ३६८, स्पेनमा २७ हजार ३२१ तथा फ्रान्समा २७ हजार ४२८ जनाको मृत्यु भएको छ ।

रुसमा संक्रमितको संख्या दुई लाख ५२ हजारभन्दा बढी हुँदा मृतकको संख्या २३ सय नाघेको छ । तीव्र गतिमा संक्रमित थपिएको ब्राजिलमा दुई लाख तीन हजार पुगेको छ । त्यहाँ मृत्यु हुनेको संख्या १४ हजार पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *