Sajhamanch Archive

गरामनीमा युवा समूहद्वारा प्रहरीलाई सुरक्षामा सहयोग

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

बिर्तामोड । नेपालमा कोरोना भाइरस संक्रमित बढ्दै गएपछि विभिन्न क्षेत्रमा सतर्कता अपनाउन थालिएको छ । स्थानीय सरकारले बिहान ८ बजेदेखि १२ बजेसम्म आवश्यक पसल खोल्न र किनमेल गर्न समय छुट्याइएको बेला गाउँमा स्थानीय युवाले टोली बनाएर गस्ती गर्ने र अन्य ठाउँबाट आएका मानिसलाई सोधपुछ गर्ने कार्य थालेका हुन् ।

झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनीका युवाले लकडाउन लाई प्रभावकारी बनाउन र प्रहरीलाई सहयोग गर्ने सक्रियता देखाएका छन् । बिर्तामोड नगरपालिका वडा नं. ७, ८ र ९ का जनप्रतिनिधि, स्थानीय युवा र प्रहरीबीचको संयुक्त छलफल पछि सरकारले तोकेको समयमा मात्र किनमेल गर्न पसल खोल्न दिने, अनावश्यक रुपमा सवारीसाधन नकुदाउन सबैलाई आग्रह गर्दै गाउँ–गाउँमा पुगेर युवाले सूचना सम्प्रेषण गरेका हुन् ।

स्थानीयको सहयोग बिना प्रहरीले मात्र प्रभावकारी काम गर्न समस्या भएकाले युवा प्रहरी साझेदारी अभियान सुरु गरिएको स्थानीय युवा उत्तम कट्वालले बताए । गरामनीका युवाले केही समय अगाडिदेखि अति बिपन्न वर्गलाइ राहतसमेत प्रदान गर्दै आएका छन् । सामाजिक काममा सक्रिय एकजना युवा प्रदिप कुमार संग्रौलाले भनेका छन्, ‘२० जनाको समिति बनाएका छौं, प्रहरीलाई आवश्यक परेको खण्डमा हामीले सक्रिय भएर काम गर्ने गरिरहेका छौं ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *