Sajhamanch Archive

भारतमा ट्रक दुर्घटना, घर फर्कन लागेका २४ मजदुरको मृत्यु

Published: in विविधा, विश्व समाचार by .

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित औरैयामा ट्रक दुर्घटना हुँदा घर फर्कन लागेका कम्तीमा २४ जना मजदुरको मृत्यु भएको छ । शनिबार बिहान साढे दुई बजे भएको दुर्घटनामा ३८ जना घाइते छन् ।

लखनउबाट दुई सय किलोमिटर टाढा यो दुर्घटना भएको हो । प्रहरीका अनुसार राजस्थानबाट झारखण्ड, बिहार र पश्चिम बंगालतर्फ जान लागेको ट्रकले दिल्लीबाट आएको एक मिनिट्रकलाई ठक्कर दिँदा यो दुर्घटना भएको हो । समाचारमा बताइएअनुसार, उक्त मिनिट्रक रोकेर राखिएको अवस्थामा ट्रकले ठक्कर दिएको थियो । यो दुर्घटनामा घाइते भएका १५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

दुवै ट्रकमा लकडाउनपछि फसेका मजदुर सवार थिए । उनीहरू भारतका विभिन्न राज्यका हुन् । यसअघि भारतमै रेलले किचेर १६ मजदुरको मृत्यु भएको थियो । रेल नआउने ठानेर रेलको लिगमा सुतेका उनीहरूमाथि रेल गुड्दा अप्रिय घटना भएको थियो ।

बीबीसीबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *