Sajhamanch Archive

कामदारसहित गाडी चालकलाई क्‍वारेन्टाइनमा राखियो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

संखुवासभा । संखुवासभाको खाँदबारी आइपुगेका अरुण तेस्रोमा कार्यरत कामदारसहित गाडी चालकलाई क्‍वारेन्टाइनमा राखिएको छ ।

लकडाउनको समयमा तरकारी बोक्न अनुमति लिएको गाडीमा ती जना मानिस लुकाएर ल्याउने चालक धीरज चौधरीसहित चार जनालाई खाँदबारी क्‍वारेन्टाइनमा राखिएको छ।

चौधरीले यसअघि पनि यात्रु ओसारप्रसार गर्ने गरेका स्थानीयले बताए। फलफूल तथा तरकारीसहित तीन जनालाई जिल्ला बाहिरबाट आएको अवस्थामा प्रहरीले नाकामा समातेको हो।

खाँदबारी र चैनपुर नगरपालिकाको सिमानामा रहेको सभाखोला प्रहरी चेक पोस्टमा गाडी जाँच गर्ने क्रममा उनीहरु समातिएका हुन्। तीनै जनालाई खाँदबारीको वरुण बहुमुखी क्याम्पसको क्‍वारेन्टाइनमा राखिएको खाँदबारी नगरपालिकाका स्वास्थ्य संयोजक दिलीप श्रेष्ठले जानकारी दिए।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *