Sajhamanch Archive

दमक खानेपानीमा रजत स्तम्भ अनावरण

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by .

दमक । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमक २५ वर्ष पुगेको उपलक्षमा आज रजत स्तम्भको अनावरण गरिएको छ । संस्थाको कार्यालय परिसरमा निर्माण गरिएको रजत स्तम्भको एक कार्यक्रमका बीच दमकका नगरप्रमुख रोमनाथ ओलीले अनावरण गरेका हुन् ।

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकका अध्यक्ष रोशनकुमार गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख ओलीले खानेपानी संस्थाले उपभोक्तालाई बोतलमा शुद्ध पिउने पानी वितरण गर्नेतर्फ पनि छलफल गर्नुपर्ने आवश्यकता दर्शाएका छन् ।

निजी क्षेत्रसँगको सहकार्यमा संस्थाले बोतलको पानी उत्पादन गरी सस्तो मूल्यमा बिक्री गर्नसक्ने बताउँदै नगरप्रमुख ओलीले सो कार्यको लागि नगरपालिकासँग उचित प्रस्ताव लिएर आउन आग्रह गरेका छन् ।

हाल संस्थाको खानेपानीको स्रोत भूमिगत पानी मात्रै भएकोले बगेर जाने पानीलाई पनि स्रोतको रुपमा प्रयोग गर्नसके दीर्घकालीन स्रोत हुने नगरप्रमुख ओलीको सुझाव छ ।

दमकमा धेरै सिमसार क्षेत्र रहेको भन्दै संस्थाका सचिव हरि सुवेदीले दमक खानेपानी संस्थाले बगेर जाने पानीलाई संरक्षण गरी शुद्ध बनाएर उपभोक्तालाई उपलब्ध गराउनेतर्फ पनि छलफल भइरहेको जिकिर गरेका छन् ।

संस्थाका उपाध्यक्ष तथा रजत स्तम्भ निर्माण समिति संयोजक मिना कोइरालाले रजत स्तम्भ तयार गर्न पाँच लाख ५५ हजार ५०० रुपैयाँको खर्च गरिएको जानकारी दिएकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *