औषधि व्यवसायीको शंकास्पद मृत्यु
Published: (Updated: )
by .विराटनगर । विराटनगरका एक औषधि व्यावसायी मृत भेटिएका छन् । विराटनगर महानगरपालिका वडा नं.१० मधुमारा बस्दै आएका सुनसरीका ३३ वर्षीय देवीप्रसाद दुलाल मृत भेटिएका हुन ।
आज बिहान मृत भेटिएका दुलालको शरीरमा निलडाम छ । घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
मृतकको शरीरमा निलडाम भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
शव पोष्टमार्टमका लागि कोशी अस्पताल पठाइएको उनले बताए । ‘शरीरमा निलडाम देखिएकाले अनुसन्धान सुरु गरेका छौं’ उनले भने ‘पोष्टमार्टमपछि थप विषय खुल्छ ।’
दुलाल शनिबार राति अबेरसम्म विराटनगरका दुईजना साथीसँग बसेका थिए । राति अबेर डेरामा सुतेका उनी विहान अचेत अवस्थामा भेटिएका थिए । देवी माँ पाथीभरा फर्मा सञ्चालन गर्दै आएका उनी राति सुतेकै ठाउँमा अचेत अवस्थामा भेटिएपछि श्रीमतीले आइतबार बिहान करिब ३ बजे कोशी अस्पताल ल्याएकी थिइन् ।
मृतक दहालको नाक, हात, घाँटी र आँखाको डिलमा चोट देखिएपछि प्रहरीले सोधपुछका लागि श्रीमती र शनिबार रातिसँगै बसेका दुईजनालाई नियन्त्रणमा लिएको छ । दुलालका श्रीमती र ८ वर्षका छोरा छन् ।
अनलाइनखबर
Comments