Sajhamanch Archive

पौडी खेल्न गएका दुई युवा बेपत्ता

Published: in राष्ट्रिय समाचार, समाज by .

सिन्धुली ।  पौडी खेल्ने क्रममा सुनकोशी नदीले बगाउँदा दुई जना बेपत्ता भएका छन्।

आइतबार साढे ११ बजे सिन्धुली फिक्कल गाउँपालिका वडा नं.४ कुईभिरस्थित नदीमा पौडी खेल्नेक्रममा दुई युवा बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा सुर्खेत पंचकोटी नगरपालिका वडा नंं.७ घर भई हाल फिक्कल गाउँपालिका खाङसाङमा काठको मिस्त्री काम गर्ने १९ वर्षीय दिनेश बुढा क्षेत्री र २० वर्षीय विश्वघजनक बुढा क्षेत्री छन्।

उनीहरू बेपत्ता भएको खबरपछि प्रहरीले खोजीतलासी गर्न थालेको छ।

खोजी गर्न प्रहरी चौकी खाङसाङबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ४ जना र ईलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटिएको छ।

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *