Sajhamanch Archive

ईदु–उल–फित्रका दिन घरमै बसेर नमाज पढ्न आग्रह

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । राष्ट्रिय मुस्लिम आयोगले ईदु–उल–फित्रका दिन घरमै बसेर नमाज पढन आग्रह गरेको छ ।

मुस्लिम आयोगको आज बसेको बैठकपछि आयोगका अध्यक्ष समिम मिया अन्सारीले ईदु–उल–फित्रका दिन पनि घरमै बसेर नमाज पढ्न आग्रह गरे । रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईदु–उल–फित्रका दिन मस्जिद र मदरासामा गई सामुहिक नमाज पढ्ने गरिन्छ ।

यस वर्ष कोरोना भाइरसको महामारीको स्थितिलाई ख्याल गरी ईद पर्वलाई घरमै बसेर मनाउन आयोगले आग्रह गरेको हो । रमजानको सुरुको दिन पनि कोरोना भाइरस संक्रमणको जोखिमलाई ख्याल गर्दै इस्लाम धर्मावलम्बिहरुले घरमै बसेर नमाज पढेका थिए ।

आयोगका अध्यक्ष अन्सारीले देशभर रहेका इस्लाम धर्मावलम्बिहरुलाई ईदका दिन सामुहिक नभई घरमै बसेर नमाज पढ्न आग्रह गरिएको बताए । उनले ईदको नमाज पढेपछि छरछिमेकमा पुगी एकअर्कामा शुभकामना आदान प्रदान नगर्न समेत आग्रह गरे ।

इस्लाम धर्ममा रमजानको एक महिना लामो ब्रत तोडने दिन ईद–उल–फित्र मनाउने गरिन्छ । यस दिन सामूहिक नमाज पढेर विशेष रुपमा मनाइने गरिन्छ । ईदलाई आपसी सदभावको चाडको रुपमा पनि हेरिने गरिएको छ । यस वर्षको ईद–उल–फित्र आगामी आइतबार मनाईदै छ । रमजान महिनामा कुरानको अवतरण पृथ्वीमा भएको भन्ने विश्वास इस्लाम धर्मावलम्बीहरुले गर्दछन् ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *