Sajhamanch Archive

‘सीमारक्षा दौरासुरुवाल, टोपी लगाउने केपी ओलीले गर्ने कि धोती लगाउने राजेन्द्र महतोले गर्ने ?’

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले आठ वर्षदेखि भारतले कालापानी क्षेत्रमा बाटो खन्दा सरकारले कुनै कदम नचालेको टिप्पणी गरेका छन्‌।

सरकारका नीति तथा कार्यक्रममाथि संसदमा आफ्ना धारणा राख्दै महतोले ‘सीमारक्षा दौरासुरुवाल, टोपी लगाउने केपी ओलीले गर्ने कि धोती लगाउने राजेन्द्र महतोले गर्ने ?’ भनि प्रश्न गरे।

‘सीमा रक्षाको कुरा धेरै आएको छ, कसले सीमा रक्षा गरिदिने हो ? यो लिपुलेक कालापानी लिम्पियाधुरा मिचियो रे ! अनि यो रक्षा सरकारले या कसले गरिदिने ? ७० वर्षदेखि उठेको कुरा हो,महतोले भने, ‘मधेसी दलले बोलेन, राजेन्द्र महतोले बोलेन रे ! अरे यो सीमाको रक्षा दौरासुरुवाल, टोपी लगाउने केपी ओलीले गर्ने कि धोती लगाउने राजेन्द्र महतोले गर्ने ?’

‘आठ वर्षदेखि भारतले बाटो खन्दा यो सरकार के हेरेर बसेको थियो ? किन नगरेको ? यो नगर्ने राष्ट्रघाती हो कि होइन ? सरकारले राष्ट्रघाती काम गरेको भन्दै महतोले थपे, ‘जनताको जीवन र देशको रक्षा गर्न नसक्ने सरकारलाई के भन्ने ? असफल भन्ने ? नालायक भन्ने ? राष्ट्रघाती भन्ने कि अपराधी भन्ने ? जनताले निर्णय गर्छ।”

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *