न्युरोडको प्युखामा आगलागी
Published: (Updated: )
by .काठमाडौं । काठमाडौंको न्युरोडमा आज दिउँसो आगलागी भएको छ । न्युरोडको प्युखास्थिति एक पाँच तले घरमा आगलागी भएको हो ।
आगो लागेर विभिन्न पसलका सामान जलेका छन् । घरबाहिर बिजुलीको तार सर्ट भएर सुरु भएको आगलागीले घरको भुइँतलामा रहेको जुत्ता र झोला पसल, दोस्रो तलामा रहेको खेलकुद सामग्री पसल र त्यसमाथिका तलामा रहेका कपडा पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
आगो काठमाडौं महानगरपालिका, जुद्ध वारुण यन्त्रलगायतका दमकलको सहायतमा नियन्त्रणमा लिइएको छ ।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता डीएसपी राजकुमार केसीले आगो नियन्त्रणमा आइसकेको जानकारी दिए । आगोबाट पुगेको क्षति संकलन कार्य भइरहेको उनले बताए ।
अनलाइनखबर
Comments