Sajhamanch Archive

बुण्डेसलिगमा आज दुई खेल

Published: (Updated: ) in खेलकुद by .

कोरोनाभाइरसका कारण गत मार्चमा स्थगित भएर शनिबारदेखि फेरि सुरु भएको जर्मन बुण्डेसलिगमा आज (आइतबार) दुई खेल हुँदैछन् ।

जसमा शीर्ष स्थानको वार्यन म्युनिखले युनियन बर्लिनसँग तथा एफसी कोल्नले मेइन्जसँग खेल्दैछ ।

शनिबार बवरुसिया डर्टमण्डले साल्कालाई ४-० ले पराजित गर्दै वार्यनसँग अंकदुरी १ मा झारेको छ । त्यसैले आज वार्यन सामु फेरि अंकदुरी बढाउन मौका छ ।

वार्यनले नेपाली सयमअनुसार राती पौने १० बजे युनियन बर्लिनसँग उसैको मैदानमा खेल्दैछ । २५ खेलबाट ५५ अंकसहित वार्यन शीर्ष स्थानमा छ । युनियन बर्लिन भने ३० अंकसहित १२औं स्थानमा छ ।

वायरन्का बेन्जामिन पाभार्डले आइतबार हुने खेल फ्यानको लागि खेल्ने बताएका छन् । यस्तै युनियका सेबास्टिन एण्डरसनले वायनर्सँग अंक खोस्न सकिने बताएका छन् । आजै बेलुका सवा ७ बजे दशौँ स्थानको कोल्न र १५औं स्थानको मेइन्जबीच खेल हुँदैछ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *