Sajhamanch Archive

‘लकडाउन’ नेपालमा जेठ २० सम्म, भारतमा मे ३१ सम्म

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

झापा । सरकारले भोलि जेठ ५ गते सकिने लकडाउनलाई बढाएर जेठ २० गतेसम्म पुर्याएको छ । मन्त्रिपरिषद्को आजको बैठकले लकडाउन १५ दिन बढाउने निर्णय गरेको प्रधानमन्त्री कार्यालय स्रोतको दावी छ । यसबारे औपचारिक घोषणा हुन बाँकी छ ।

छिमेकी भारत सरकारले पनि लकडाउनको अवधि मे ३१ सम्म लम्ब्याएको छ । केन्द्र सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशभर लागु गरेको लकडाउन मे ३१ सम्म बढाउने घोषणा गरेको हो ।

यो भारतमा लागु गरिएको चौथो चरणको लकडाउन हो । चौथो चरणको लकडाउनका लागि गृह मन्त्रालयले नयाँ दिशानिर्देश जारी गरेको छ ।

जसअन्तर्गत मे ३१ सम्म घरेलु र अन्तरराष्ट्रिय उडान सेवाहरुमा प्रतिबन्ध लगाइएको छ । चौथो चरणको लकडाउनको समयावधिमा मेट्रो रेल सेवा बन्द रहनेछ भने साँझ ७ बजेबाट बिहान ७ बजेसम्म रात्रीकालीन कर्फ्यू जारी रहने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *