Sajhamanch Archive

सुत्केरी महिलाको शिशु र परिवारका सदस्यको रिपोर्ट नेगेटिभ

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । नोवल कोरोना भाइरस  (कोभिड–१९) का कारण ज्यान गुमाएकी सुत्केरी महिलाको शिशु र परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं.९, राम्च घर भएकी सुत्केरीको गएको बिहीबार ज्यान गएको थियो । तर सरकारले भने शनिबार मात्रै पुष्टि गरेको थियो ।

सुत्केरीलाई सङ्क्रमण भएपछि गाउँ सिल गरी त्यहाँका बासिन्दाको स्वाब संकलन गरिएको छ । ५५ जनाको थ्रोट स्वाब संकलन गरिसकेको र बाँकीको स्वाब संकलन आज पनि भइरहेको वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डाक्टर नारायण कार्कीले बताए ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *