Sajhamanch Archive

चरेस र गाँजा बरामद

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

वीरगञ्ज । पर्साबाट प्रहरीले चरेसको धुलो र गाँजा बरामद गरेको छ । पटेर्वासुगौली वडा नं.५ स्थित एक गोठबाट १८ केजी चरेसको धुलो र ५ किलो गाँजा बरामद गरेको हो ।

विशेष सुराकीको आधारमा ऐलानी जमिनमा बनाइको दुईतीन वटा गोठमा छापामारी गर्दा एउटा गोठबाट उक्त परिमाणको चरेसको धुलो र गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक दिपक चोरवारले जानकारी दिए ।

गोठमा चरेसको धुलो र गाँजा राख्ने व्यक्तिको खोजी कार्य जारी रहेको उनले बताए ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *