Sajhamanch Archive

सरकारले गुमेको भूमि फिर्ता ल्याउँछ भन्ने रत्तिभर विश्वास छैन : सांसद थापा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले गुमेको भूमि फिर्ता ल्याउन सक्छ भन्नेमा आफूलाई विश्वास नरहेको बताएका छन् ।

सीमामा अलपत्र परेका नेपालीहरु र खाडी मुलुकमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउन नसकेको उल्लेख गर्दै उनले भने, ‘जसले आफ्नो मान्छे चिन्न सक्दैन । जसले आफ्नो मान्छे जोगाउन सक्दैन । त्यसले माटो जोगाउन पनि सक्दैन। मेरो मान्छे फिर्ता ल्याउन नसक्ने सरकारले मेरो भूमि फिर्ता ल्याइदिन्छ भन्ने रत्तिभर पनि भ्रम छैन् ।’

सरकारले लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गर्ने र लुटेको भूमि फिर्ता ल्याउने घोषणा गर्दा सदनमा आफूले समेत टेबुल ठोकेको उनले स्मरण गराए । तर, घर गएर आफै‌ंलाई प्रश्न गर्दा सरकारले गुमेको भूमि फिर्ता ल्याइदिन्छ भन्ने विश्वास हुन नसकेको उनले बताए ।

संसदमा कहिलेकाहीँ राष्ट्रियता भनेको मान्छे पनि हो, माटो हो भनेर बहस हुने गरेको उल्लेख गर्दै उनले भने ‘दुइटै हो । माटो पनि हो, मान्छे पनि हो ।’

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *