Sajhamanch Archive

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसुति कक्षमा सतर्कता

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

सुनसरी । कोरोना संक्रमित स्वास्थ्यकर्मीले जाँच गरेको महिला भर्ना भएपछि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसुति कक्षमा अतिरिक्त सावधानी अपनाइएको छ ।

आइतबार कोरोना संक्रमण पुष्टि भएकी धनकुटाकी ३४ वर्षीया नर्सले स्वास्थ्य जाँच गरी रेफर गरेको खुलेपछि बिपीको प्रसुति वार्डमा अतिरिक्त सावधानी अपनाइएको हो ।

धनकुटाबाट रेफर भएर आएकी महिलाको कोरोना परीक्षण रिपोर्ट नआएसम्मका लागि सावधानी अपनाइएको विपी कोइराला विज्ञान प्रतिष्ठानका सहायक प्रवक्ता डा. अशोक ऐरले जानकारी दिए ।

‘धनकुटाबाट रेफर भएकी महिलाको नमुना संकलन गरेका छौं’ उनले भने ‘रिपोर्ट नआएसम्मका लागि अतिरिक्त सावधानी अपनाएका छौं ।’

जिल्ला अस्पताल धनकुटाबाट ती महिलालाई थप उपचारका लागि शुक्रबार प्रतिष्ठान भर्ना गरिएको थियो । महिलालाई धनकुटामा कोरोना संक्रमित नर्सले उपचार गरेकी थिइन् ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *