Sajhamanch Archive

विपन्न परिवारका लागि राहत कोषमा ग्लोबल आइएमइ बैकको सहयोग

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह by .

बिर्तामोड । बिर्तामोड नगर पालिकाले स्थापना गरेको कोरोना संक्रमण राहत कोषका लागि राहत संकलन जारी रहेको छ । जस अन्तरगत बिर्तामोडस्थित ग्लोबल आइएमइ बैकले एक हजार केजी चामल प्रदान गरेको छ ।

४६ हजार मुल्य बराबरको चामल बिर्तामोडका गरिब तथा बिपन्न समुदायका लागि हस्तान्तरण गरिएको पबनकुमार पौडेलले बताए ।

बिर्तामोड नगरपालिकामा स्थापना भएको कोरोना संक्रमण राहत कोषमा हालसम्ममा १ करोड २४ लाख भन्दा बढी रकम तथा खाद्यान्न सामाग्री जम्मा भइसकेको छ भने दोस्रो चरणको राहत बितरण भइरहेकोछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *