Sajhamanch Archive

कन्ट्याक ट्रेसिङमा संलग्न डाक्टरलाई कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कन्ट्याक ट्रेसिङमा संलग्न एक चिकित्सकमा पनि संक्रमण देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार थपिएका २७ संक्रमितमध्ये ललितपुरका एक थिए । उनी तिनै डाक्टर हुन् ।

स्रोतका अनुसार, उनी कपिलवस्तुका कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गर्न गएका थिए । त्यही क्रममा आफैं संक्रमित भएको हुनसक्ने बताइएको छ । नेपालमा चिकित्सक संक्रमित भएको यो पहिलोपटक हो । यसअघि कोरोना संक्रमितको उपचारमा संक्रमित नर्सलाई संक्रमण भएको थियो ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *