Sajhamanch Archive

सवारीको ठक्करबाट सैनिकबजारका ४ वर्षीय बालकको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । सवारी साधनको ठक्कबरबाट आज यहाँस्थित सैनिक बजारमा चार वर्षीय एक बालकको मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका वडा नं. १० सैनिकबजारका धिरेन राईका चार वर्षीय छोरा सुदेन राईको सवारीको ठक्करबाट ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक साकारराज पन्तका अनुसार सैनिक मोडबाट सैनिक बजारतर्फ जाँदै गरेको मे १ च ५६०२ नम्बरको गाडीले ठक्कर दिई सवारी दुर्घटना हुँदा बालकको मृत्यु भएको हो ।

आज बिहान भएको उक्त घटना लगत्तै घाइते बालकलाई बि एण्ड सी अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जनाइएको छ । प्रहरी निरीक्षक पन्तका अनुसार दूर्घटना गराउने गाडीसहित सवारी चालक ताप्लेजुङको थिङलाबु गाउँपालिका २ घर भई हाल बिर्तामोड १० सैनिक बजार बस्ने वर्ष २४ को लाक्पा शेर्पा प्रहरीको नियन्त्रणमा रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *