Sajhamanch Archive

सुरक्षाकर्मीमा संक्रमण देखिएपछि प्रहरीका ६ इकाइ सिल

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । महानगरीय प्रहरी वृत्त, कालीमाटीमा कार्यरत दुई जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरीका ६ वटा इकाइ सिल गरिएको छ ।

कालीमाटी वृत्तसँगै रहेको महानगरीय ट्राफिक प्रहरी प्रभाग र महिला सेललाई सिल गरिएको हो । कालीमाटी प्रहरी प्रमुख डीएसपी रुगम कुँवरका अनुसार मातहतको बल्खु, कलंकी र स्यूचाटार प्रहरी प्रभाग पनि सिल गरिएको छ ।

‘सबैमा गरेर २ सय बढी कर्मचारी कार्यरत छौं’, कुँवरले भने, ‘अब सबैको स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी गरिरहेका छौं ।’ टेकुस्थित प्रयोगशालाले मंगलबार बेलुकी कालीमाटीका एक जना सई र जवानमा कोरोना भाइरसको संक्रमण देखिएको विवरण प्रहरीलाई दिएको थियो ।

दुवै जना कालीमाटीको प्रहरी ब्यारेकमा बस्दै आएका थिए । ब्यारेकमा सुत्ने कोठासँगै खाना खाने मेस पनि सामूहिक हुन्छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *