Sajhamanch Archive

नेविसंघ बुद्धशान्तिले गर्यो नयाँ नक्सा सार्वजनिक कार्यको प्रशंसा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

बुद्धशान्ति । नेपाल विद्यार्थी संघ बुद्धशान्तिले मंगलबार एक कार्यक्रम गर्दै वर्तमान सरकारले गरेको नयाँ नक्सा सार्वजनिक कार्यको प्रशंसा गरेको छ ।

कार्यक्रममा बोल्दै विगत लामो समय देखि नेपालको नक्सामा समेत समावेश नगरिएका नेपालका लिपुलेक, कालापनी र लिम्पियाधुरा लगायतका क्षेत्र समेटेर वर्तमान सरकारले नक्सा सार्वजनिक गरेको कार्यको नेविसंघ झापा जिल्ला सदस्य तथा संचार विभाग प्रमुख गोकुल पौडेलले खुलेर प्रशंसा गरेका छन् । “अहिले नक्सा सार्वजनिक भयो यो राम्रो भयो अब चाँडो भूमी फिर्ता ल्याइयोस “।

त्यस्तै कार्यक्रममा बोल्दै नेविसंघ झापाका सहसचिव मिलन चापागाईँले यस अघि पनि लिपुलेक लगायतका सीमाका नेपाली भूमी नक्सामा सार्वजनिक गर्नुपर्ने माग राख्दै नेवि संघले चिनौँ सीमा जोगाऔँ माटोको अभियानले सार्थकता पाएको बताए ।

कार्यक्रममा उपस्थित भएका तरुण दल बुद्धशान्तिका निवर्तमान सचिव चन्द्र कटुवालले नक्सा सार्वजनिक गर्नु राम्रो भए पनि भारतले मिचिएको भूमि नेपालमा आए मात्र खुलेर प्रशंसा गर्न सकिने जनाए । अब चाँडो कुटनीतिक पहल गरी सीमा समाधानका लागि तत्काल पहल गर्न सरकारलाई अनुरोध गरेका छन् ।

कार्यक्रमका सभापति तथा नेविसंघ बुद्धशान्तिका सभापति नरेश लावतीले पनि पछिल्ला सरकारले गरेको विभिन्न नकरात्मक कार्यको आलोचना भएता पनि नक्सा सार्वजनिक कार्य राम्रो रहेको र सरकार टिकाउनका लागि मात्र नक्सा सार्वजनिक नगरि वास्तवमै भारतले कब्जा गरेको नेपाली भूमी फिर्ता गर्न पहल गनर्’पर्ने बताएका छन् ।

कोरोना भाइरसका कारण देश लकडाउनको अवस्थामा रहेकोले सामाजिक दुरी कायम गरी बुधबारे पुलिस चौक अगाडी गरिएको कार्यक्रममा नेवि संघ बुद्धशान्तिका उपसभापति दिनेश खतिवडा, कोषाध्यक्ष, उमेश भट्टराई, सदस्य दिपेश भट्टराई, गौरव नेपाल, सुजन भण्डारी, पर्शुराम पौडेल लगायतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन नेवि संघ बुद्धशान्तिका सचिव रोसन भट्टराईले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *