आठ पुग्यो रसुवा टिमुरे पहिरोमा मृत्यु हुनेको संख्या
Published: (Updated: )
by .काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ टिमुरेको पहिरोमा परेर मृत्यु हुनेको संख्या आठ पुगेको छ।
मृत्यु हुनेमा गोसाइँकुण्ड गाउँपलिका थुमन १ का मिङमर गोम्बो तामाङ र कामी घले रहेका छन्। त्यस्तै नुवाकोटका रमेश र शर्मिला रहेका छन् भने सिन्धुपाल्चोक भोटेकोसी-४ का श्याम श्रेष्ठ, विक्रम श्रेष्ठ, मंगल तामाङ, र सिन्धुपाल्चोक भोटेकोसी-५ को सुस खड्काको शव पहिचान भएको रसुवा प्रहरीले जनाएको छ। बेपत्ता भएका एकजनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी जुटेका छन्।
साथै दुईवटा स्काभेटर र डोजरको प्रयोग गरिएको छ। बुधबार राति साढे १२ बजेको समयमा पहिरोमा घाइते भएकामध्ये ७ जनालाई सामान्य उपचारपश्चात घर पठाइएको छ भने ५ जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले जानकारी दिए।
राति एक बजेको समयमा पहिरो जाँदा प्रहरी चौकीसमेत बगाएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। पहिरोले एउटा पक्की र दुईवटा कच्ची घर पुरिएका छन्।
Comments