Sajhamanch Archive

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा अब आधिकारिकरुपमा प्रयोग गर्न सकिने

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, विश्व समाचार, समाज by .

काठमाडौं । गणतन्त्र नेपालको आधिकारिक नयाँ नक्सा आज सार्वजनिक गरिएको छ । भारतीय पक्षले सन् १८६२ देखि नै अतिक्रमण गरेको भूभाग समेटेर सरकारले नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पत्रकार सम्मेलन गरी नेपालको आधिकारिक नयाँ नक्सा सार्वजनिक गरिएको हो । मन्त्री पद्मा अर्यालले नेपालको आधिकारिक नक्सा सार्वजनिक गरेकी हुन् ।

जारी नयाँ नक्सामा ७५३ स्थानीय तह, सातै प्रदेश, अन्तर्राष्ट्रिय सीमानाका पनि सामावेश गरिएको जनाइएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालका छुटेका भूमि समेटिएको नक्सा पारित गरेको थियो ।

शुक्रबार आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले छुटेका भूभाग समेटेर सरकारले नेपालको नक्सा सार्वजनिक गर्ने बताएकी थिएन् ।

त्यसैगरी, नीति तथा कार्यक्रममाथि उठेका प्रश्‍नको जवाफ दिनेक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हिजो संसदमा बोल्दै नेपालको आधिकारिक नक्सा सार्वनजिक गर्ने र भूभाग फिर्ता ल्याउनका लागि सरकारले कूटनीतिक पहल गर्ने बताएका थिए ।

आज सरकारले औपचारिक रुपमा नयाँ नक्सा सार्वजनिक गरेपछि अब कामकाजको लागि यो नक्सा वैधानिक भएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *