Sajhamanch Archive

जेठ ८ गते राति १२ बजेदेखि बिर्तामोडमा अघोषित कफ्र्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

बिर्तामोड । लकडाउनको समयमा पनि बिर्तामोड नगरक्षेत्रमा मानिसहरुको अत्याधिक भिडभाड बढेको ठहर गर्दै आज नगरपालिकामा भएको सर्वपक्षीय बैठकले यसलाई कडा बनाउनुपर्ने निश्कर्ष निकालेको छ ।

नगरबासीको समस्यालाई ध्यान दिएर लकडाउन सामान्य खुकुलो बनाइएकोमा सहरमा अनाधिकृत व्यक्ति तथा सवारीको चाप बढेपछि कठोर निर्णय गर्न बाध्य बन्नु परेको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिएका छन् ।

नगरप्रमुख शिवाकोटीका अनुसार अब सरकारले जारी गर्ने लकडाउन अवधिभर बिर्तामोड नगरक्षेत्र पूर्णतः बन्द रहनेछ । कफ्र्युजस्तै कडाई गरिनेछ, अघोषित कफ्र्युजस्तै हुनेछ ।

बिरामी बोक्ने एम्बुलेन्स, सञ्चार माध्यमका गाडी, अस्पतालका गाडी, ढुवानीका गाडी, गिटी बालुवा बोक्ने गाडी, औषधी बोक्ने गाडी, दूधको गाडी, कृषि उपज, मल विऊ, कृषि उपज ढुवानी गर्ने गाडी र तिनका परिचयपत्र बाहक कर्मचारी बाहेक अन्य अनाधिकृत प्रवेश र यातायात पूर्णतः निशेष गरिएको नगरप्रमुख शिवाकोटीको भनाई छ ।

भारतमा रेल चल्न थालेपछि दुई देशको सिमानासम्म आएर लुकेर छिपेर नेपाल प्रवेश गर्नेहरुको संख्या बढ्यो रहेको ठहर गरी नगरक्षेत्रलाई सेमी सिल गर्न लागिएको जनाइएको छ । दक्षिणमा रहेको कचनकवलमा १० जनाभन्दा बढी संक्रमित भइसकेको अवस्थामा अब झिल्को भन्दा पनि कोइलो नै आइपुगयो अनि बजार क्षेत्रमा मेलाबजार जस्तै लाग्न थालेपछि सिलबन्दी जस्तै कठोर कदम चाल्ने बाध्यता परेको हो ।

भोलि बिहीबार राति १२ बजेदेखि अर्को सार्वजनिक सूचना जारी नभएसम्म लकडाउनमा कडाई गर्ने सर्वदलीय सर्वपक्षीय निर्णय भएकाले विषम अवस्थाबाट नगरबासीमा पर्न गएको असुविधाप्रति नगरप्रमुख शिवाकोटीले क्षमायाचना पनि गरेका छन् । उनले नगरबासीको जनस्वास्थ्य रक्षाका लागि कठोर कदम चाल्न बाध्य हुनुपरेको स्पष्ट पनि पारेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *