Sajhamanch Archive

गाई फार्ममा आगलागी, चार गाई मरे

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं.४ स्थित लक्ष्मीनारायण चोकको एक गाई फार्ममा आगलागी भएको छ ।

गएराति भएको आगलागीबाट कम्तिमा चार वटा गाईहरु जलेर मरेका छन् । केही गाई घाइते भएका छन् । बौद्ध प्रहरीका अनुसार सो गाई फार्म खड्ग ढकालले सन्चालन गर्दै आएका थिए ।

गएराति करिब ९ बजेर २५ मिनेटमा आगलागी भएको र दमकलको सहयोगमा सवा १० बजेतिर नियन्त्रणमा लिइएको बौद्ध प्रहरीले जनाएको छ ।

आगलागीको कारण खुलेको छैन । क्षतिको पूर्णविवरण पनि आइनसकेको प्रहरीको भनाइ छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *