Sajhamanch Archive

गाउँमा झगडा मिलाएर फर्कदै गरेका प्रहरी ईञ्चार्जको बाटोमै मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

ताप्लेजुङ । गाउँमा झगडा मिलाएर कार्यालयतर्फ फर्कदैं गरेका ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं ७ मा रहेको खेवाङ प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) बालकुमार राईको बाटैमा मृत्यु भएको छ।

सुरुम्खिमको बुरुम्खिममा भएको झगडा मिलाएर फर्कदै गरेका उनलाई तावाखोला नजिक आई पुगेपछि अचानक गाह्रो भएको थियो।

तावाखोला खेवाङ प्रबेश मार्ग हो अचानक असहज महशस भएपछि स्थानीय कुमार सार्कीको घरसम्म पुगेका उनले त्यसपछि बान्ता गर्न थालेको र केहि समयमै उनको मृत्यु भएको खबर आफुहरुलाई प्राप्त भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए।

घटनाका बारेमा जानकारी पाउनासाथ सदरमुकाम फुङ्लिङबाट जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा प्रहरी प्रमुख (डिएसपी) महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलतर्फ प्रस्थान गरेको समेत प्रजिअ निरौलाले बताए।

भोजपुरको लेकखर्क घर भई अहिले झापाको दमक बस्दै आएका ४२ बर्षिय राई केहि महिना अघि मात्र प्रहरी ईञ्चार्ज भएर खेवाङ पुगेका थिए।

नागरिक दैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *