Sajhamanch Archive

दिल्लीबाट फर्किएकी थिइन् धरानकी संक्रमित

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

धरान । धरानकी कोरोना संक्रमित ५१ वर्षीय महिला दिल्लीबाट फर्किएको पाइएको छ ।

एक जना आफन्त दिल्लीमा उपचाररत थिए । त्यही क्रममा उनी दिल्ली आउजाउ गरेको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय, धरानका प्रमुख सागर प्रसाईंले बताए ।

उनका अनुसार महिलालाई बिहानै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइसकिएको छ । शंका लागेपछि महिला आफैं परीक्षण गराउन अस्पताल पुगेकी थिइन् ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *