Sajhamanch Archive

बिर्तामोड जोड्ने सबै बाटो बन्द गर्ने निर्णय, पासविनाका सवारीमा पूर्णतया रोक लगाइयो

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

बिर्तामोड । बिर्तामोड नगर कार्यपालिकाले हिजो गरेको सर्वपक्षीय छलफलबाट निस्किएको निश्कर्षलाई आज सार्वजनिक सूचनामार्फत् कार्यान्वयनमा ल्याएको छ । नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले हस्ताक्षर गरी आज जारी गरिएको अपीलमा अरु स्थानीय तहको भूगोलबाट कसैलाई पनि बिर्तामोडमा प्रवेश नदिइने भनिएको छ ।

नगर कार्यपालिकाको बुधवार बसेको बैठकले गरेको निर्णय कार्यान्वयन गर्दै लकडाउनलाई कडाईपूर्वक पालना गर्न नगरपालिकाले नगरवासीलाई अपील गरेको हो । पास विनाका सवारी सञ्चालनमा पूर्णतया रोक लगाइने अपीलमा उल्लेख छ ।

स्वास्थ्य तथा कृषि बाहेकका सबै सेवा अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय भएको नगरप्रमुख ध्रुवकुमार सिवाकोटीले बताएका छन् । बिहीबार दिउँसो नगरवासीका नाममा अपील जारी गर्दै नगरप्रमुख सिवाकोटीले अस्पताल, औषधि पसल, शव बाहन र एम्वुलेन्सको सेवा नरोकिने बताए ।

दूध, बीउबीजन र मलको उत्पादन तथा बिक्री वितरणमा कुनै रोक लगाइएको छैन भने पशु उपचार सेवामा पनि छुट दिने निर्णय नगरपालिकाले सार्वजनिक गरेको अपीलमा उल्लेख छ । घुम्ती सेवामार्फत बिहान ८ देखि १२ सम्म तरकारी बिक्री गर्न पाइनेछ ।

नगरभित्र सञ्चालन भइरहेका विकास आयोजनाको काम भने नरोकिने भएको छ । ती आयोजनामा मालसमान ढुवानी गर्नुेपर्ने भएकाले त्यस्ता सवारीलाई नगरपालिकाले पास उपलब्ध गराउनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *