Sajhamanch Archive

आजदेखि कनकाईको लकडाउन कडा पारियो

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by .

कनकाई । कनकाई नगरपालिकामा आज बिहीबारदेखि लकडाउनलाई कडा बनाइएको छ । हिजो बुधबार भएको सर्वपक्षीय छलफलले स्वास्थ्य सेवा बाहेक बजार क्षेत्रका सबै पसलहरु बन्द गर्ने निर्णय गरेको थियो ।

कोरोना संक्रमण फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै जोर बिजोर प्रणालीबाट खोलिँदै आएका पसलहरु आजदेखि पूर्णरुपमा बन्द गर्ने सर्वपक्षीय निर्णय गरिएको थियो ।

जेठ २० सम्मका लागि कोभिड– १९ सँग सम्बन्धित सेवा बाहेकका सम्पूर्ण सेवाहरु नगरपालिकाको कार्यालयबाट पनि प्रवाह नगरिने सूचना गरिएको छ ।

२० गतेसम्म अत्यआवश्यक सेवा बाहेक सबै बन्द रहने सूचना नगरपालिकाले प्रकाशित गरेको छ । नगरपालिकाले यस्तो निर्णय लिनुअघि सर्वदलीय सर्वपक्षीय सुझाव लिइएको प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद न्यौपानेले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *