Sajhamanch Archive

बाँकेमा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

बाँके । बाँकेमा पहिलो पटक एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटिएको छ।

खजुरा गाउँपालिका वडा नं. ३ निवासी ४२ वर्षीया एक स्टाफ नर्समा कोरोना संक्रमण देखिएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए।

गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत ती नर्सको दुई दिन अगाडि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराबाट स्वाब संकलन गरिएको थियो।

‘हामीले उहाँसँगै फ्रन्टलाइनमा खटिएका ११ जना स्वास्थ्यकर्मीको स्वाब संकलन गरेका थियौं,’ अध्यक्ष कक्षपतिले भने ‘अरु कसैमा कोरोना देखिएन तर उहाँमा मात्रै देखियो।’ संक्रमण पुष्टि भएपछि ती स्वास्थ्यकर्मीलाई खजुरास्थित आइसोलेसन वार्डमा राखिएको अध्यक्ष कक्षपतिले जानकारी दिए ।

बाँकेमा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको यो नै पहिलोपटक हो। भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा बिहीबार बेलुका ती स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *