Sajhamanch Archive

डर्बी खेलबाट ला लिगा सुरु गर्ने तयारी

Published: in खेलकुद by .

स्पेनिस शीर्ष डिभिजन फुटबल ला लिगा आगामी १२ जुनदेखि शुरु गर्ने गरी तयारी छ ।

कोरोना भाइरसको महामारीका कारण रोकिएको खेल सुरु हुँदा सेभिया डर्बी अन्तर्गत सेभिया र रियल बेटिसबीचको खेलबाट सुरु हुनेछ । स्पेनिस अनलाइन मार्काले १२ जुनमा उक्त खेल स्टाडियो रामोन सान्चेज पिजुअनमा हुने जनाएको छ । उक्त खेलबारे जानकारी एक स्पेनी रेडियोले दिएको छ ।

ला लिगा मार्च देखि स्थगित छ । मार्काका अनुसार ला लिगाको बाँकी ११ चरणको पूरा खेल तालिका यही २८ मे मा २० क्लबलाई पठाइने छ । सेभियाका स्पोर्टिङ डिरेक्टर मोचीले पनि डर्बीमार्फत खेलमा पर्नु राम्रो हुने बताएका छन् । ‘डर्बीमार्फत ला लिगा फर्कनु भन्दा अरु राम्रो तरिका हुन सक्दैन’ मोचीले भने ।

ला लिगाका अध्यक्ष ज्याभिएर तेबासले आफ्नो आइडल डेट १२ जुनलाई नै मानेका छन् । तर यसका लागि स्पेनी सरकाले अनुमति दिनुपर्नेछ । जुन दोस्रो साता ला लिगा मैदान फर्काउने गरी स्पेनमा बार्सिलोना रियल मड्रिड लगायत क्लबहरुले हेल्थ प्रोटोकोल फलो गर्दै सानो समूहमा प्रशिक्षण नै शुरु गरिसकेका छन् ।

प्रशिक्षणअघि ला लिगाका खेलाडीहरुको कोभिड १९ परीक्षण गरिएकामा ५ जनालाई कोभिड १९ पोजिटिभ देखिएको थियो ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *