Sajhamanch Archive

प्रदेश पाँचको बजेट अधिवेशन सुरु हुँदै, २ जना प्रदेशसभा सदस्य क्वरेन्टीनमा

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार by .

रुपन्देही । पाँच नम्बर प्रदेश सभाको बजेट अधिवेशन आज सुरु हुँदैछ ।

बुटवलमा रहेको प्रदेश सभा भवनमा दिउँसो १ बजे बजेट अधिवेशन सुरु हुन लागेको हो । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेशको बजेट अधिवेशनको आव्हान गरेका हुन ।

अधिवेशन आह्वान गरिएको सम्बन्धी प्रदेश प्रमुखको पत्र पढेर सुनाउने, अघिल्लो अधिवेशनमा पारित भएर प्रमाकरण भएका बिधेयकका बिषयमा जानकारी दिने र प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुका प्रतिनिधिहरुले शुभकामना दिने कार्यसूची रहेको प्रदेश सभाको अर्थ, उद्योग र पर्यटन समितिका सभापति दधिराम न्यौपानेले जानकारी दिए ।

प्रदेश सरकारले शनिबार आर्थिक वर्ष २०७७ / ०७८ को नीति कार्यक्रम पेश गर्नेछ । प्रदेश सभाको आजको बैठकमा २ जना प्रदेश सभा सदस्य भने सहभागी हुन पाउने छैनन । बिहीबार गरिएको आरडीटी परीक्षण रिपोर्ट पोजेटिभ देखिएका कारण उनीहरु क्वरेन्टीनमा छन् ।

परीक्षणका क्रममा २ प्रदेश सभा सदस्य, एकजना प्रदेश सभा सचिवालयका कर्मचारी , सांसदका स्वकीय सचिव र सुरक्षागार्ड गरी ११ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश सभा सचिवालयका प्रव श्यामप्रसाद श्रेष्ठले जानकारी दिए । उनीहरु सबैको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *