Sajhamanch Archive

गुगलले पनि भन्यो लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by .

काठमाडौं  । सर्च इन्जिन जाइन गुगलले पनि नेपालको बढेको नयाँ क्षेत्रफल अपडेट गरेको छ ।

नेपाल सरकारले आधिकारिक रुपमा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नया नक्सा सार्बजनिक गरेपछि गुगलले पनि सोहि अनुसार नया क्षत्रफल राखेको हो । अब नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५१६ वर्गकिलोमिटर रहेको छ ।

भारतले नेपालको लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक बनाएपछि सर्वत्र आक्रोश चुलिएसंगै नेपाल सरकारले पनिलिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नया नक्सा सार्बजनिक गरेको थियो । भारतले एकतर्फी रुपमा उक्त बाटो निर्माण गरेर उद्घाटन समेत गरेको भन्दै नेपाल सरकारले कूटनीतिक नोटसमेत पठाएको थियो ।

नेपालले गत बुधबार (जेठ ७) मा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा सार्वजनिक गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *