Sajhamanch Archive

थुनुवामा देखियो कोरोना, प्रहरी कार्यालय सिल

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

बैतडी । कर्तव्य ज्यानको मुद्दामा पक्राउ परेका थुनुवामा कोरोना संक्रमण देखिएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीमा रहेका थुनुवामा आज कोरोना संक्रमण पुष्टि भएको डिएसपी दिल्ली नारायण पाण्डेले जानकारी दिए।

‘कर्तव्य ज्यानको मुद्दामा पक्राउ गरेका थियौं,’उनले भने,‘उनको स्वाब संकलन गरी धनगढी पठाएका थियौं। आज भर्खरै रिपोर्ट पोजिटिभ आएको छ।’

उनमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय समेत सिल गरिएको छ। ती व्यक्तिलाई वैशाख १५ गते पक्राउ गरिएको थियो। संक्रमित चैत ६ गते भारतबाट नेपाल आएका थिए।

‘अब हामीले कन्ट्याक्ट ट्रेसिङको काम थालिसकेका छौं,’उनले भने,’धेरै जोखिम भएका र कम भएका छुट्टाएर परीक्षण थाल्छौं ।’

उनका अनुसार उनको सम्पर्कमा आएका आइसोलेसनमा राखिनेछ।

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *