Sajhamanch Archive

प्रहरीलाई देखेपछि भरूवा बन्दुक र गाँजा छाडेर भाग्ने पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

मकवानपुर । मकवानपुरमा ३३ केजी गाँजा र भरूवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार बिहान प्रहरीले मनहरी गाउँपालिका वडा नं.६ का ४० वर्षीय रामचन्द्र प्रजालाई हतियार तथा ३३ केजी गाँजासहित पक्राउ गरेको हो।

बिहीबार राति पौने १२ बजे डिपोर्ट सामुदायिक जंगलको गोरेटोबाटो हुँदै केही व्यक्ति हतियारसहित आइरहेको भन्ने सूचनाका आधारमा प्रहरी खटिएको थियो।

जंगलको गोरेटोबाटो छेउ रहेको झारीभित्र केही व्यक्ति हतियारसहित लुकिछिपी बसेका थिए। झारीबाट बाहिर निस्किने क्रममा ती व्यक्तिले प्रहरी देखेपछि गाँजा रहेको दुई झोला र भरूवा बन्दुक फ्याकेर भागेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर शंकर श्रेष्ठले जानकारी दिए।

पछि प्रहरीले उनीहरूलाई पछ्याउँदै जाँदा रामचन्द्र प्रजालाई फेला पारेको हो।

प्रजाबाट प्रहरीले पिठ्यूमा बोकेको झोलाभित्र एक थान खुकुरी, एक थान बन्चरो र तीन थान टर्च लाइट फेला पारेको थियो। प्रहरीले लोड भएको भरूवा बन्दुक समेत फेला पारेको थियो। प्रहरीले यसघटनामा थप अनुसन्धान थालेको छ।

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *