Sajhamanch Archive

पत्रकारको श्रीमतीलाई कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

वीरगञ्ज । बारामा शनिबार बिहान थपिएका एक जना कोरोना संक्रमित महिला यसअघि संक्रमित भएका पत्रकारको श्रीमती रहेको पाइएको छ ।

संक्रमण पुष्टि भएपछि करैमाई निवासी ३७ वर्षीया महिलालाई कलैया अस्पताल ल्याउने तयारी भइरहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । उनका दुई छोरा र दुई छोरीको रिपोर्ट भने नेगेटिभ आएको छ ।

यसअघि उनको श्रीमानमा जेठ ४ गते संक्रमण पुष्टि भएको थियो । श्रीमानमा संक्रमण पुष्टि भएपछि उनको श्रीमतीसहित चार जनाको पनि परीक्षण गरिएको थियो ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *