Sajhamanch Archive

कोरोना आशंकामा मृत्यु भएका युवाको रिपोर्ट नेगेटिभ

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

जुम्ला । जुम्लाको हिमा गाउँपालिकाका वडानम्बर २ ओदी गाउँका ३८ बर्षीय एक व्यक्तिको मृत्यु भएपछि कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनको रिपोर्ट नेगेटिभ आएको छ ।

जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार कोरोना भाइरसको संक्रमण आशंकाबाट मृत्यु भएको जानकारी आएपछि मृतकसहित दुई छोरी, एक छोरा र श्रीमतीको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षणमा परीक्षण गर्दा पाँचै जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

‘गाउँमा भारतबाट आएका व्यक्तिहरु भएकाले कोरोना भाइरसको संक्रमणले मृत्यु भएको हो की भनेर आशंका गरिएको रहेछ । तर स्वाब परीक्षण गर्दा कोरोना भाइरस पुष्टि भएन’ सापकोटाको भनाइ छ ।

हिमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रतन रावतले मृतक सहित पाँचै जना घरपरिवारकै स्वाब पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि कालगतिले नै निधन भएको पुष्टि भएको जनाए ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *