Sajhamanch Archive

किशोरीमाथि सामूहिक बलात्कार

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

दाङ । दाङको तुलसीपुरमा एक १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ अम्बाखोलीस्थित सामुदायिक वनमा ती किशोरीमाथि स्थानीय ५ जना युवाले सामूहिक बलात्कार गरेको जोहरी परेको छ।

स्थानीय अम्बाखोली सामुदायिक वनमा जेठ ६ गते रातको ९ बजे ती किशोरीमाथि सामूहिक बलात्कार भएको जाहेरी पीडित बालिकाले आफन्तको सहयोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरमा किटानी जाहेरी दिएकी छन्।

इप्रका तुलसीपुरका प्रवक्ता चक्रडम्मर पालले अभियुक्तमध्ये स्थानीय २१ वर्षीय पारस खड्का र २० वर्षीय विकास विकलाई पक्राउ गरिएको जानकारी दिए।

प्रहरी निरीक्षक पालले अन्य ३ जना अभियुक्त फरार रहेको र उनीहरूको खोजी भइरहेको बताए। फरार अभियुक्तहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

उनका अनुसार खड्काले फोन गरेर ती किशोरीलाई रातको समयमा घर नजिकैको सामुदायिक वनमा काम छ भन्दै बोलाएका थिए।

उनी त्यहाँ आएपछि लुकेर बसेका सबैले जबरजस्ती आफूमाथि करणी गरेको ती किशोरीले जाहेरीमा उल्लेख गरेकी छन् ।

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *