Sajhamanch Archive

गाउँलेको कुटाइबाट प्रेमिका भगाउन गएका युवकको मृत्यु, ६ वेपत्ता

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

जाजरकोट । रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं.४ रानागाउँका नवराज विकको कुटपिटबाट मृत्यु भएको छ।

चौरजहारी–८ सोतीमाका युवाहरुको कुटपिटबाट विकको शनिबार राति मृत्यु भएको हो। नवराजसँग गएका ६ जना युवाहरु अझै बेपता रहेको जाजरकोटका डिएसपी किशोर श्रेष्ठले जानकारी दिए।

घटनामा संलग्न रहेको आरोपमा १२ जनालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ। नवराज र सोतीस्थित एक युवतीबीच लामो समयदेखि प्रेम रहेको र ती युवतीले बोलाएपछि नवराजले १९ जना युवाहरु लिएर जाजरकोटबाट शनिबार बेलुकी सोती गएका थिए।

केटाहरु आएको खबर ती युवतीको आमाले थाहा पाएर हल्ला गरेपछि गाउँहरुले युवाहरुलाई कुटपिट गर्दा नवराजको मृत्यु भएको डिएसपी श्रेष्ठले बताए। गाउँहरुले लखेट्दा अन्य ६ जना बेपता रहेको उनको भनाइ छ।

नवराज ती युवतीबीच प्रेम रहेको थाहा पाएपछि आफन्तले उनीहरुबीच विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि उजुरी समेत दिएको श्रेष्ठले जानकारी दिए। उजुरी दिएपछि दुवै समूहबीचमा छलफल समेत भएको थियो।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *