Sajhamanch Archive

मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका वडा नं.२, पञ्चेटारमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते छन् ।

आज बिहान साढे ५ बजे भएको दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालका अनुसार सामाखुशीबाट झोरतर्फ जाँदै गरेको बा ८५ प ५६६ को मोटरसाइकल तामाङ र झोरबाट टोखातर्फ आउँदै गरेको मोटरसाइकल २२ वर्षीय दुलालले चलाइरहेका थिए ।

दुलालको मोटरसाइकलमा सवार मथुरा दुलाल पनि गम्भिर घाइते रहेको लम्सालले बताए । थप अनुसन्धान भइरहेको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *