वर्षा राउतको चिन्ताः भारतीय साथीहरु कसरी फेस गर्नु ?
Published:
by .नेपाल र भारतबीच उत्पन्न सीमा विवादका सन्दर्भमा दिएको एक अभिव्यक्तिले नायिका वर्षा राउत विवादमा मुछिएकी छन् । उनको एउटा भिडियो क्लीप सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
भिडियो क्लीपमा वर्षा भन्छिन्, ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन् ।’
त्यसपछि वर्षा थप्छिन्, ‘मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने र मेरो इन्डियन साथीहरुले मसित कसरी फेस गर्ने भइरहेको छ ।’
वर्षा अहिलेसम्म खासै विवादमा नमुछिएकी नायिका हुन् । तर, यो उनको अभिव्यक्ति भने आलोचित बनेको छ । वर्षाका भारतीय साथी उनीसित रिसाउलान् भनेर नेपाली पत्रकारले सीमाको मुद्दा नउठाउने कुरा त हुँदैन होला । फेरि एउटा सेलिब्रिटी हुनुको नाताले आफ्ना इन्डियन साथीलार्ई पनि यो विषय बुझाउने दायित्व उनको हो ।
उनले नेपाली र भारतीय पत्रकारले झगडा पारिरहेको भनेर दुवैलाई एउटै डालोमा हालिदिएकी छन् । जबकि नेपाली सञ्चारमाध्यमले तर्कमा उभिएर प्रश्न गरिरहेका छन् भने भारतीय सञ्चारमाध्यले गालीगलौज मात्रै गरिरहेका छन् ।उनले मनिषा कोइरालाबाट सिक्नुपर्ने हो,जसले भारतमा आफ्नो ठूलो फ्यान फलोअर्स हुँदा पनि नेपालको पक्षमा आवाज उठाउन डराइनन् । अनलाइन खबरबाट
Comments