Sajhamanch Archive

कोरोना संक्रमित अस्पतालबाटै फरार

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, स्वास्थ्य by .

जनकपुर । प्रादेशिक अस्पताल, जनकपुरको आइसोलेसनबाट एक कोरोना संक्रमित फरार भएका छन्। संक्रमित अस्पतालबाट भागेपछि जनकपुर क्षेत्रमा त्रास फैलिएको छ ।

अस्पतालको आइसोलेसन कक्षमा राखिएका ४० वर्षीय कोरोना संक्रमित आइतबार बिहान भागेका हुन् । अस्पतालका अनुसार उनी मानसिक रोगी हुन् ।

यसअघि पनि उनले पटक–पटक अस्पतालको आइसोलेसनबाट भाग्ने प्रयास गरेका थिए । यही क्रममा शनिबार मात्रै उनले अस्पतालको सीसीटीभी क्यामेरा नै फुटाएका थिए ।

संक्रमित फरार भएपछि अहिले जनकपुर क्षेत्रमा त्रास छाएको छ। संक्रमित अस्पतालबाट फरार भएपछि उनको खोजी थालेको प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिएका छन् ।

source: https://www.onlinekhabar.com/2020/05/867081

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *