Sajhamanch Archive

तालमा डुबेर युवकको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

दाङ । घोराहीमा रहेको एक कृत्रिम तालमा डुबेर एक युवकको मृत्यु भएको छ।

घोराही उपमहानगरपालिका वडा नं.१७ को गुलरियामा रहेको कृत्रिम तालमा डुबेर रोल्पा निवासी एक युवाको मृत्यु भएको हो।

मृत्यु हुने युवक घोराहीमा बस्ने रोल्पा रुम्टीगढी गाउँपालिका वडा नं.९ रुम्टी निवासी २२ वर्षीय बिजय केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घटनास्थलमा प्रहरी पुगेर कृत्रिम तालमा डुवेका युवकको शव प्रहरीले तालबाट निकालेको छ । घुम्न गएका युवा चिप्लिएर तालमा खसेको हुन सक्ने प्रहरीले जनाएको छ।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *