Sajhamanch Archive

गोरखा, चितवन पुगेर फर्केका थिए सोह्रखुट्टेका संक्रमित

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । आइतबार काठमाडौंको सोह्रखुट्टेका एक जना पुरूषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार ६९ वर्षीय पुरूष काठमाडौं महानगरपालिका वडा नं.१६ का हुन्।

वडा नं.१६ का वडाध्यक्ष मुकुन्द रिजालका अनुसार ती पुरूष केही महिनाअघि दुबईबाट नेपाल फर्किएका थिए।

‘दुई/तीन महिनाअघि दुबईबाट नेपाल फर्किएका हुन्,’ उनले भने,’त्यसपछि उनी गोरखा, चितवन गएर काठमाडौं फर्केको देखिन्छ।’

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *