Sajhamanch Archive

वनमा लागेको आगो बस्तीमा पस्दा दुई घर जले, एक वृद्ध गम्भीर घाइते

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

रोल्पा । वनमा लागेको आगो बस्तीमा पस्दा रोल्पामा २ घर जलेर नष्ट भएका छन् ।

रोल्पा नगरपालिका वडा नं.१ हरीगातिनाको सामुदायिक वनमा लागेको आगो बस्तीमा पसेपछि स्थानीय जितबहादुर बुढा र उनका छोरा नेत्रबहादुर बुढाको घर जलेको प्रहरीले जनाएको छ ।

छोराहरु आगो नियन्त्रणका लागि वनमा गएका बेला घरमा सल्केको आगोले भेटेपछि आँखा नदेख्ने ६५ वर्षीय वृद्ध जितबहादुर बुढा गम्भीर घाइते भएका हुन । घाइते बुढाको अहिले रोल्पा अस्पताल रेउघामा उपचार भइरहेको छ । यस्तै आगोमा परेर जितबहादुरकै २ गोरु र १ बाख्रा मरेका छन् ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *