Sajhamanch Archive

भिटिएम किट खरिद गर्न दमकका बोहोरा र अमेरिकाबाट सिटौलाको सहयोग

Published: in मुख्य समाचार, समाज by .

झापा । सहारा नेपालको संयोजनमा सञ्चालित एकका लागि एक अभियान अन्तर्गत पछिल्लो समय सुरु गरिएको भिटिएम किट उपलब्ध गराउने प्रतिवद्धतालाई पनि देश विदेशमा रहेका सहयोगी मनहरुले साथ दिएका छन् ।

नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा गरिने पिसिआर परीक्षणका लागि आवश्यक पर्ने मेडिकल ल्यावरेटोरीको सामान भिटिएम उपलब्ध गराउने अभियानको निर्णय हो । अभियानले एक हजार थान भिटिएम किट अर्थात् भाइरस कलेक्सन स्वाब किट वा भाइरस ट्रान्सपोर्ट मिडियम उपलब्ध गराउने प्रतिवद्धता जनाएको संयोजक महेन्द्रकुमार गिरीले बताएका छन् ।

अभियानको आव्हानलाई सगर्व स्वीकार गर्दै झापाको दमक १० स्थायी घर भई हाल काठमाडौंमा बसोबास गर्ने, बिर्तामोडमा एसएस रियलस्टेट र कतारमा कन्स्ट्रक्सन कम्पनी सञ्चालन गर्ने दिनसन बोहोराले ५०० थान भिटिएम किट वापतको रकम उपलब्ध गराएका छन् ।

अभियानको सचिवालयका प्रमुख सम्पर्क व्यक्ति गोपाल भट्टराईका अनुसार बोहोराले ५०० थान भिटिएम किट खरिद गर्न दुई लाख तीन हजार ४०० रुपैयाँ प्रदान गरेका छन् ।

यसैगरी झापा हल्दिबारी वडा नं. २ स्थायी घरभई अमेरिकाको भर्जिनियामा बस्ने यामकुमार सिटौलाले पनि १०० थान भिटिएम किट वापतको ४५ हजार रुपैयाँ उपलब्ध गराएका सम्पर्क व्यक्ति गोपाल भट्टराईले जानकारी दिएका छन् ।

‘एकका लागि एक अभियानको तर्फबाट कोरोना परीक्षणका लागि अत्यावश्यक उक्त भिटिएम किट सहयोग गर्ने दाताहरु तथा भोलिका दिनमा सहयोग गर्न चाहने महानुभावलाई खुल्ला हृदयले आभार प्रकट गरेको छ’ संयोजक गिरीको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *