Sajhamanch Archive

सर्लाहीमा दुई जनाको डुबेर मृत्यु

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज by .

जनकपुरधाम । सर्लाहीको छुट्टाछुट्टै ठाउँमा डुबेर एक बालिकासहित दुई जनाको मृत्यु भएको छ ।

बसबरिया गाउँपलिका ४ गोनर्वा निवासी बिरु पासवानकी ४ बर्षीया छोरीको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको छ । नजिकैको राम जानकी मन्दिरको पोखरीमा नुहाउने क्रममा अचानक उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, चन्द्रनगर गाउँपालिका ६ कामद बस्ने दुलार मुखियाको पोखरीमा एक जना युवक डुबेको अवस्थामा मृत फेला परेका छन् । अन्दाजी २२ बर्षीय युवकको पहिचान हुन नसकेको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी मदन कुँवरले जानकारी दिए ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *