Sajhamanch Archive

भरतपुर अस्पतालको आइसियूमा मृत्यु भएका व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ

Published: (Updated: ) in समाज, स्वास्थ्य by .

चितवन । चितवनस्थित भरतपुर अस्पतालको आइसियू कक्षमा उपचारको क्रममा मृत्यु भएका व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ।

अस्पतालका चिकित्सक डा. प्रमोद पौडेलले ४८ वर्षीय मृतक पुरुषको स्वाब परीक्षण गर्दा नेगेटिभ देखिएको बताए।

नवलपरासी रामग्राम वडा नं.५ निवासी उनलाई आइतबार राति भरतपुर अस्पताल ल्याइएको थियो। उनमा स्वासप्रस्वास, छाती दुख्ने र वान्ता हुने समस्या देखिएको थियो।

उनलाई अस्पातलको आइसियू भर्ना गरिए पनि सोमबार बिहान ३ बजे मृत्यु भएको थियो। उनलाई लुम्बिनी अञ्चल अस्पतालबाट रिफर गरिएको थियो।

श्वासप्रश्वास र छाती दुख्ने समस्या देखिएकाले कोरोनाको आशंका गरेर अस्पतालले स्वाब परीक्षण गर्न भरतपुरस्थित कोरोना प्रयोगशालामा पठाएको थियो। नतिजा नेगेटिभ देखिएकाले शव परिवारलाई जिम्मा लगाउने तयारी अस्पतालले गरेको छ।

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *