Sajhamanch Archive

हावाहुरीले प्रहरी भवनसहित आधा दर्जन घरमा क्षति, एक जना घाइते

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज by .

जनकपुरधाम । सोमबार राति बर्षासँगै आएको हाबाहुरीले सर्लाहीमा प्रहरी चौकीसहित आधा दर्जनभन्दा बढी व्यक्तिको घरमा क्षति पु¥याएको छ । एक जना घाइते भएका छन् । अधिकांश घरको छाना उडेको छ ।

जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं.१४ स्थित गौरीशंकर प्रहरी चौकीको कम्पाउण्डभित्र रहेको सपेताको रुख ढली इट्टाको गारो, टायलको छानो भएको भान्सा घर पूर्ण रुपमा क्षति भएको छ । प्रहरी चौकी भवनको माथिल्लो तल्लाको कोठामा समेत क्षति पुगेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी मदन कुँवरले जानकारी दिए ।

हावाहुरीले कौडेना गाउँपालिका वडा नं.७ बस्ने जोहिन्द्र बैठाको जस्ताले छाएको घरको छानो, गोडैता नगरपालिका वडा नं.१० बस्ने दुखा पासवानको टायलले छाएको छानो उडेको छ भने सोही ठाउँका सीताकुमारी महतोको बाँस र माटोले बनाएको घरको भित्ता भत्केको छ ।

यस्तै, ईश्वरपुर नगरपालिका वडा नं. ७ बस्ने शिवचरण चौधरीको बासको टाटी, टायलको छानो भएको १ तल्ले कच्ची घर पुर्ण रुपमा क्षतिग्रस्त भएको छ भने सोही ठाउँका राजकुमार महतोको बाँसको टाटी, टायलको छानो भएको १ तल्ले कच्ची घर आंशिक रुपमा क्षति भएको छ ।

बागमती नगरपालिका वडा नं.३ बस्ने गंगाराम महतोकी ३४ बर्षीया पत्नी शैलाकुमारी महतो घाइते भएकी छन् । एक तले फुसको घरमा बसिरहेको अवस्थामा अचानक आएको हावाहुरी, पानीको कारण घर भत्किँदा च्यापिएर उनको खुट्टा भाँचिएको डीएसपी कुँवरले बताए ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *